पार्टीमा नेतृत्व परिवर्तन निश्चित छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सभापतिका उम्मेदवारसमेत रहेका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका हुन् । उनले आफ्नो नेतृत्व पार्टीमा बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर निर्वाचनसम्म पुग्ने दाबी गरे ।

कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवी नेताहरुको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने बताए । उनले महाधिवेशनपछि केन्द्रीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भागबण्डारहितको नेपाली कांग्रेस, गुटबन्दीरहितको पार्टी, बिरोधरहितको नेपाली कांग्रेस बनाएर एकढिक्का हुँदै सबैलाई समेट्ने बताए ।

उनले स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनमा पार्टीलाई नै जिताउने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले आफू सभापतिमा विजयी भए संविधानलाई सुदृढ बनाएर लैजाने समेत प्रतिवद्धता जनाए ।

प्रतिक्रिया