एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा आज समापन हुने

काठमाडौं : नेकपा एमाले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको ‘समृद्धि संकल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ । 

सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन दिनअघि मध्यपहाडी राजमार्गमा सुरु गरेको पदयात्रा आज समापन हुन लागेको हो । 

शनिवार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेका पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । 

प्रवक्ता गौतमका अनुसार, फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन्।  

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए।
मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न एमाललेले पदयात्रा गरेको हो । 
 

प्रतिक्रिया