अमिताभले छोरीलाई दिए ५० करोडको घर उपहार

काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चन र पत्नी जया बच्चनले छोरी श्वेता नन्दलाई ५० करोड मूल्य पर्ने मुम्वईको जुहूस्थित घर ‘प्रतिक्षा’ उपहार दिएका छन् ।

मुम्बईको ल्यान्डमार्क आवासीय सम्पत्तिहरू मध्ये एक मानिने यो घरकोे गेटमा हरेक दिन बच्चनलाई मन पराउने मानिसहरुको भीड लाग्ने गर्छ । यो घर १७ हजार वर्गफुटमा फैलिएको छ ।

यो घर छोरीलाई उपहारस्वरुप दिने निर्णयमा पुगेपछि बच्चन दम्पतिले यसको हस्तान्तरण  र नामसारीको काम यसै महिनाको सुरुमा सम्पन्न गरेका थिए । अभिताभले ५०.७ लाख भारतीय रुपैयाँ स्ट्याम्प शुल्क वापत तिरेका छन् ।  

बच्चन दम्पत्ति सन् १९७६ मा ‘प्रतिक्षा’ नामकरण गरिएको यो घरमा सरेका थिए । यो घर मुम्बईमा रहेको जलसा र जुहूको जनक सहितको धेरै सम्पत्तिहरू मध्ये एक हो । यो परिवारले शहरका लक्जरी अपार्टमेन्ट र व्यावसायिक फर्महरूमा पनि लगानी गरेको  छ टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

केही वर्ष पहिले आफ्नो एउटा ब्लगमा बच्चनले लेखेका थिए, कसरी उनका बुबा, प्रख्यात कवि हरिवंश राय बच्चनले प्रतिक्षाको नाम राखेका थिए । “पिताजीले घर हेरेपछि आफ्नो कवितासँग मिल्दो कथामा लेखिएको प्रतिक्षा नाम राख्नुभएको थियो । जसमा ‘स्वागत सबके लिए पर, नही किसी के लिए प्रतिक्षा...’ यस घरमा सबैलाई स्वागत छ, तर हामी कसैलाई पर्खिरहेका छैनौं । 
 
 

प्रतिक्रिया