इजरायलबाट स्वदेश फर्किइन् साम्बा


काठमाडौं । इजरायल पुगेकी नेपाली राष्ट्रि महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् ।

व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी साम्बा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । 

अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् ।
चीनको हाङझाउमा भएको एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन्।
 

प्रतिक्रिया