एसियाली खेलकुदः नेपाल महिला क्बड्डीको सेमिफाइनलमा

हाङझाउ । एसियाडको महिला कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

तीन टिम रहेको यो समूहमा जितसँगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । लगातार २ हारसंगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । 

यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।
       
सेमिफाइनल प्रवेश गरेसँगै नेपालले कम्तीमा कांस्य पदक निश्चित गरेको छ । नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईंबीच शुक्रबारै हुनेछ ।
 

प्रतिक्रिया