गीता पढे के पाईन्छ?

गीताका मर्मज्ञको भनाई छ- पहिलो पटक पढेर गीता बुझ्न सकिँदैन।

दोस्रो पटक पढ्दा गीता अलिअलि बुझ्न सकिन्छ।

तेस्रो पटक पढेपछि अलिक स्पष्ट भएजस्तो हुनथाल्छ गीता।

गीता चौथो पटक पढेपछि निकै बुझ्न थालेजस्तो अनुभव हुनथाल्छ।

पाँचौं पटक पढेपछि भने गीताबाट केही ज्ञान मिलेजस्तो लाग्न थाल्छ।

छैटौंपटक पढेपछि गीतामा चर्चा गरिएको कर्मको महत्व बुझ्न थालिन्छ।

जब सातौं पटक गीता पढिन्छ मनभित्रका सबै क्लेशहरु हट्न थालेजस्तो अनुभव हुन लाग्दछ।

 गीता आठौं पटक पढेपछि आफ्ना वरिपरिका विघ्नवाधा दूर भएजस्तो लाग्न थाल्छ।

नवौं पटक गीता पढेपछि आफू समृध्द भएजस्तो आनन्द अनुभूति हुनलाग्दछ।

गीता दशौं पटक पढेपछि आफूभित्र ज्ञानको आधार बन्दै गरेको महसुश हुन थाल्दछ। 

एघारौं पटक पढेपछि गीताले उद्यमशीलतामा दत्तचित्त भएर लागिरहने प्रेरणा दिँदछ।

 गीता बाह्रौं पटक पढेपछि आफूलाई कृष्ण समान चतुर भएको महसुश हुने छ।

गीता तेह्रौं पटक पढेपछि एक एक कुशल वक्ता भईने छ।

 चौधौं पटक गीता पढेपछि तपाईंलाई ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रको भेदभन्दा माथि उठाईदिन्छ।

गीता पन्ध्रौं पटक पढिसकेपछि तपाईं कृष्णका गुणहरुले कृष्ण जस्तै भएको आफ्नै व्यवहारबाट महसुश गर्नुहुने छ।

गीता सोह्रौं पटक पढिसकेपछि संसाररुपी महाभारतमा युद्ध गर्न सिकिने छ।

गीता सत्रौं पटक पढेपछि भने मोक्षतिर बढ्न अभिप्रेरित होइने छ। 

गीताको अन्तिम अध्याय अर्थात् अठारौं अध्याय पढि सकेपछि त जन्ममरणको वन्धनबाट मुक्त हुने अनेकौं ज्ञान प्राप्त हुने छ।

गीताको जति अध्याय छन् त्यति नै पटक गीता पढ्नोस्। त्यसपछि तपाईं कृष्ण जस्तै एक योध्दा पनि बन्नुहुने छ। एक रणनीतिकार पनि हुनुहुने छ र एक कुशल वक्ता समेत बन्नुहुने छ।

गीता पढ्नोस्, अज्ञानताको अन्धकारबाट ज्ञानको प्रकाशमय शिखरतिर चढ्नोस्। (स्रोत गीता ज्ञान)
   
 

प्रतिक्रिया