नेपाललाई पहिलो झड्का कुशल भूर्तेल ३८ रन बनाएर आउट

काठमाडौं। एसिया कप छनोट अन्तर्गत भारतसंग जारी खेलमा नेपाललाई पहिलो झड्का लागेको छ। पहिले ब्याटिङको निम्तो पाएको नेपालका ओपनर कुशल भूर्तेल २५ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा ३८ रन बनाएर पेभिलिएन फर्किएका हुन्।

नेपालका भुर्तेलले अर्का ओपनर आशिफ शेखसंग मिलेर ६५ रनको साझेदारी गरेका हुन्। शार्दुल ठाकुरको बलमा इशान किसानले भूर्तेललाई क्याच आउट गरेका हुन्।

ताजा अवस्थामा नेपालका भिम सार्की र शेख क्रिजमा छन्। शेखले २३ रन बनाएर खेलिरहेका छन्। ११ ओभर सकिदाँ नेपालले १ विकेट गुमाएर ६५ रन बनाएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया