पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो ।

पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २-२ विकेट लिए । नसिम शाह र मोहम्मद नवाजले एक एक हात पारे ।
नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके । यी दुईले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । 

नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन् ।

 

प्रतिक्रिया