राउत मन्त्री बन्ने भएपछि सरकारलाई समर्थन निरन्तर

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा सिके राउत वर्तमान सरकारमा मन्त्री बन्न तयार भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँगको केही संवादपछि निकट भविष्यमा हुने मन्त्री मण्डल पुनर्गठनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व लिन सहमत भएको एक उच्च सूत्रले बताएको छ।

प्रधानमन्त्रीसँग यही बिषयमा बनेको सहमतिपछि बसेको जनमत पार्टीको वैठकले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय पनि गरेको छ। 

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको प्रवक्ता डा शरद सिंह यादवले जानकारी दिए। 

माओवादी केन्द्रको जारी वैठक सकिएपछि मन्त्री मण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी रहेको थाहा भएको छ। आफ्ना पार्टीका केही नयाँ सांसदलाई मन्त्री मण्डलमा सामेल गर्ने र अरु दलका पनि परिवर्तन हुने बारे परामर्श भैरहेको बुझिएको छ।

बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ। 

आज स्थानीय जनप्रतिनिधिसम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ, जसमा वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहने बताईएको छ। 

प्रतिक्रिया