कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी

कैलाली । नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् । पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी भएका हुन् ।

उनले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी भए । यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भए । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया