ललिता निवास जग्गा प्रकरणसँग जोडिएका थप छ जना गिरफ्तार

काठमाडौं। ललिता निवास जग्गा प्रकरणसँग सम्वध्द थप ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै उनीहरूलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र हुपेन्द्रमणी केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सिआइबीले यस प्रकरणमा अनुसन्धान गरी २०७८ पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो। 

२०६२ जेठ २ गते डिल्लीबजार मालपोतका प्रमुख मालपोत अधिकृत टिकाराम घिमिरे, मालापोत अधिकृत हुपेन्द्रमणी के.सी. र नापी अधिकृत मो.साविर हुसेन समेतले मिलेर झुठो ब्यहोराको किर्ते छुट जग्गा दर्ता गरेको प्रमाण सीआईबीले फेला पारेको बताईएको छ।


ललिता निवास जग्गा प्रकरण: तीन सय व्यक्ति पक्रन प्रहरीको विशेष अपरेसन सक्रिय

प्रतिक्रिया