केएमसीमा सीमेन्स कम्पनीको थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिनबाट एमआरआई सेवा सुरु

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल (केएमसी) ले एमआरआई सेवा सीमेन्स कम्पनीको थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिनबाट सेवा सुरु गरेको छ।

उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले बताए।

‘रोगको अवस्था तथा रोग पहिचानकै लागि पनि एमआरआई सेवा जरुरी छ। हामीले यो हाम्रा बिरामीका लागि यो सेवाका लागि बाहिर जानुस भन्नु पर्ने थियो। अब भने सजिलो हुने भयो। आजबाट हामी कहाँ नै यो मेसिन जडान भई सेवा सञ्चालनमा आएको छ,’ प्राडा श्रेष्ठले भने।

केएमसीमा यसअघि नै सिटिस्क्यान मेसिन सञ्चालनमा आएको थियो। यस्तै मुटुको उपचारका लागि प्रयोग हुने वाईप्लेन क्याथ ल्याव सेवा पनि सञ्चालनमा ल्याइसकेको छ।

‘हामीले छ महिना अघि देखि नै सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएका हौँ। यस्तै मुटुको उपचारका लागि प्रयोग हुने बाइप्लेन क्याथ ल्याव पनि सञ्चालनमा ल्याएका छौँ। यसले बिरामीहरुलाई थप परीक्षण तथा उपचारका लागि भन्दै अन्यत्र धाईरहनु पर्नेछैन्। त्यसैले यो हामीसबैका राम्रो कुरा हो’ प्राडा श्रेष्ठले भने।

प्रतिक्रिया