पोषण सुरक्षा गुरुयोजनाको तयारी

जनकपुरधाम। कमलानदी प्रभावित सिराहाका तीन पालिकाका नागरिकहरुमा रहेको पोषण कुपोषण तथा खाद्य सुरक्षाको अवस्थाबारे गुरुयोजना निर्माण गर्ने क्रममा स्थलगत अध्ययन गर्दै तयार पारिएको प्रतिवेदनलाई अन्तिमरुप दिने सिलसिलामा जेठ ४ गते यहाँ प्रदेश स्तरीय परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मधेश प्रदेशको गैरसरकारी संस्था 'आसमान नेपाल' द्वारा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले यस्तो तथ्यमा आधारित प्रतिवेदनले हचुवा र कल्पनाको भरमा नीति र योजना निर्माण गर्ने क्रम अन्त्य हुने तथा धरातलीय यथार्थ अनुरुप गुरुयोजना बनाउन महत्वपूर्ण सहयोग पुग्ने राय प्रकट गरेका थिए। 

AAsamaan

मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीको अधक्ष्यतामा सम्पन्न उक्त कार्यक्रम आसमान नेपालका प्रमुख नवलकिशोर यादव, नीति तथा योजना आयोगका सदस्य हरिशंकर शाह, डा. विजय कुमार शाह सहित स्वास्थ्य तथा कृषिविज्ञहरु, कर्जन्या नपा प्रमुख भोलाप्रसाद पोखरेल सहित सम्बन्धित सबै पालिकाका प्रतिनिधि परियोजनामा संलग्न शम्भु राणा, गुरु सुवेदी, सतिश तिवारी, उत्तम शर्मा, वसुन्धरा शाह, राजेन्द्र विष्ट लगायतले सक्रिय भूमिका निभाएका थिए।

 Ashmaan 2

कार्यक्रममा पोषणविद् तथा एक्सन फर ट्रान्सफरमेसनका प्रमुख डा. ओजश्वी आचार्यले प्रतिवेदनको मस्यौदाबारे जानकारी दिएकी थिईन्। उनले निकट भविष्यमा राष्ट्र्रिय स्तरको परामर्श कार्यशालाको आयोजन गरि प्रतिवेदनलाई अन्तिम रुप दिने बताईन्। डा. ओजश्वी नेतृत्व टोलि लामो समय देखि कर्जन्या कल्याणपुर र सिराहाका सबै वडाका घर घर पुगेर सामुहिक अन्तरक्रिया गरेर पोषण र खाद्य सुरक्षा लगायतका समस्याहरुको जानकारी एवं तथ्य संकलन गर्ने काम गरिरहेको संस्थाले जानकारी दिएको छ। 

Ashmaan 1

डा. आचार्यले 'आसमान नेपाल' ले दिगो पोषण परियोजना अन्तर्गत यो काम गरिरहेको र यसले पोषण तथा खाद्य सुरक्षा गुरुगोजना निर्माणमा सहयोग पुर्याउने बताईन्।  यस परियोजना संचालनमा जर्मनी संस्था डब्लु एच एच को सहयोग रहेको छ।

प्रतिक्रिया