काठमाडौं मेडिकल कलेजको मुलपानीमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं मेडिकल कलेजले मुलपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । रोटरी क्लब बानेश्वरसँगको सहकार्यमा शुक्रबार आयोजित स्वास्थ्य शिविरमा ६२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १०३ जनाको भिडियो एक्सरे, १११ जनाको ल्याब परीक्षण र ९ जनाको दाँत निकालिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । साथै, २३ जनालाई ओ.टी. रेफर गरिएको छ ।

स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री रोग, हाडजोर्नी तथा नसा, जनरल मेडिसिन सम्बन्धी रोगको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरबाट मुलपानी क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायका नागरिकहरु बढी लाभान्वित भएका छन् ।

केएमसीले नियमित रुपमा गाउँ शहरमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेको छ । आम जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि निःशुल्क स्वास्थ्य शिविरको अभियान थालिएको थियो । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिल शर्माको अभियानबाट हज्जारौं नागरिक लाभान्वित भइरहेका छन् ।  

kmc

प्रतिक्रिया