सांसद शर्माद्वारा सिन्धुली र उदयपुरमा ४ दिनको निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं मेडिकल कलेज र नोबेल शिक्षण अस्पतालसँगको सहकार्यमा सांसद डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेकाछन्  । सिन्धुलीमा बैशाख २४ र २५ गते तथा उदयपुरको कटारीमा बैशाख २६ र २७ गते सांसद शर्माद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । 

KMC

सिन्धुलीको निःशुल्क स्वास्थ्य शिविरमा १३४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै जनरल औषधीहरु पनि वितरण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उक्त स्वास्थ्य शिविरमा १०३ जनाको इसिजी, १९२ जनाको ल्याब परीक्षण, २०९ जनाको भिडियो एक्सरे गरिएको छ । शिविरमा आएका मध्ये ९० जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

यता, उदयपुरको कटारीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भने सिन्धुलीको भन्दाबढी बिरामीहरुको भिड लागेको थियो । उक्त २ दिने स्वास्थ्य शिविरमा १५२१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए । शिविरमा १२२ जनाको इसिजी, २०१ जनाको ल्याब परीक्षण, २४२ जनाको भिडियो एक्सरे गरिँदा ६० जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

केएमसी र नोबेल शिक्षण अस्पतालबाट गएका चिकित्सकहरुले ती स्वास्थ्य शिविरहरुमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र आम सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । गाउँघरमै दक्ष चिकित्सकसहित निःशुल्क स्वास्थ्य टोली पठाएकोमा शिविरमा आएका सर्वसाधारणले आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरका जनताको स्वास्थ्यमा समेत चासो दिएकोमा मोरङ क्षेत्र नं. ३ का सांसद डा. सुनिल शर्माको प्रशंसा पनि गरे ।

ओ.टी. रेफर गरिएका बिरामीलाई नोबेलमा उपचार गर्न गएमा ५० प्रतिशत छुट दिइने गरिएको नोबलकी डाइरेक्टर इन्दीरा शर्माले जानकारी दिइन् । यस्तै, केएमसीमा आउनेहरुलाई शत प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

समाज सेवाको भावनाबाट सांसद डा. सुनिल शर्माले सुरुवात गरेको निःशुल्क स्वास्थ्य सेवा अभियानले दुरदराजमा स्वास्थ्य सेवाको पहुँच नपाएका गरिब, विपन्न नागरिकले घरआँगनमै उपचार सेवा पाएकाले केएमसी र नोबेलले निरन्तर सहकार्य गरिरहने बताएका छन् ।

प्रतिक्रिया