काठमाडौं मेडिकल कलेजको ललितपुरको लामटारमा निःशुल्क स्वास्थ्य शिविर

ललितपुरको लामटारमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ५२३ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य शिविर सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क सञ्चालन गरिएको हो। 

स्वास्थ्य शिविरमा ८७ जनाको इसिजी, ११७ जनाको ल्याब परीक्षण तथा ९८ जनाको भिडियो एक्सरे गरिएको अस्पतालका जनरल मेनेजर नारायण दाहाल बताएका छन्। शिविरमा आएका मध्ये ९ जनाको दाँत खोलिएको तथा २३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।

उक्त स्वास्थ्य शिविर महालक्ष्मी नगरपालिका वडा नं. ९ सँगको सहकार्यमा भएको हो । केएमसीले २ वर्षयता लगातार देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेकोमा गरिब तथा विपन्न समुदायका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले बढी लाभ लिइरहेका छन् ।

निःशुल्क स्वास्थ्य शिविरमा केएमसीका बरिष्ठ चिकित्सकहरुले बिरामीको स्वास्थ्य जाँच गर्छन् । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरको अभियान सुरु गरेका हुन् ।

प्रतिक्रिया