आजदेखि सत्तापक्षमा सर्ने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ‘ह्वीप’ गरेको छ।

नेपाली कांग्रेसले आईतबार संसदीय दलको बैठकबाट सो ‘ह्वीप’ गरेको हो। 

प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न सांसदलाई ‘ह्वीप’ जारी गर्दै आजैदेखि प्रतिनिधिसभामा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले बताए। 

एमालेको संयोजनमा सरकारको नेतृत्व गरेका दाहाललाई नेपाली कांग्रेसले त्यतिबेला पनि विश्वासको मत दिएको थियो।

दलको बैठकबाट सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरेको गरिएको छ। कांग्रेसले नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई दिँदै सफलताको शुभकामना दिएको छ।
 

प्रतिक्रिया