ज्योतिषीको नजरमा प्रचण्ड सरकारको भविष्य

आज बि.सं.२०७९माघ १ गते संक्रान्ति। यद्यपि ज्योतिषको निरयण गणनामा हिजो बेलुकी ८/२५बजे नै सूर्य मकरमा संक्रमण भइसकेको अवस्था थियो। उक्त संक्रमणको नेपाली समय मुताविक ग्रहको अवस्था निम्न लिखित अवस्थामा थिए।

लग्न–सिंहको – ५डिग्री २०/२६
सूर्य–मकरको – ००/००/००
चन्द्र–कन्याको– २४/२८/४८
भौम–बृषको– १३/५५/२२
बुध–मकरको १५/०८/०५
गुरुमिनको– ८/५५/२२
शुक्र–मकरको – २०/१५/५९
शनि–मकरको– २९/४०/५४
राहु–मेषको– १५/१८/०३
केतु–तुलाको– १५/१८/०३
मा गोचरस्थ थिए।

सिंह लग्नको उदयले देश सम्वृध्दितिर उन्मुख देखाउँछ। ग्रहहरू सूर्य यो महिना लग्नबाट षष्ठ भएकोले शत्रु देशले केही गर्न सक्ने छैन। अर्थात् राष्ट्र र राज्यका शत्रुको योजना परास्त हुनेछ। चन्द्रमा देशको बित्त अर्थमा बस्नाले एबं शत्रु गृही भएको कारण अर्थ ब्यवस्थामा केही कमजोरी देखिन्छ। 

मंगल सुरक्षाका कारक ग्रह लग्नका मित्र भएको कारण राज्यको काममा तदारुकताका साथ अघि बढ्ने बक्री भएको कारण अझै साहसिक कार्यमा जुट्ने देशमा शान्ति सुरक्षा र अमनचयनमा राम्रोसँग लागि पर्ने भएकोले सरकासँग मित्र बनेर सहयोग गर्ने अवस्था देखिन्छ। लग्नबाट दशम हुनु र देशको स्वामी पनि मंगल नै हुनुले राष्ट्र उत्थानमा सर्वोपरि भूमिका सुरक्षा क्षेत्रको देखिन्छ। पुराना अधुरा कामहरू सुरक्षासँग सम्वन्धित पूरा हुँदै जाने र जनताले न्याय पाउने अवस्था देखिन्छ। बुध सूर्यका साथमा सुरक्षा सहयोगमा तत्पर देखिनाले शत्रु एजेन्टहरू परास्त हुने, भ्रष्टाचारमा कमि आउने, बिदेशीहरूको चलखेल कम हुने एबं बुद्धिजीवी बर्गले आफ्नो बिगतका नकामहरू लेखाजोखा गरेर सुध्रिने अवस्था पनि देखिन्छ।

गुरु लग्नेशका मित्र मिनस्थ आफ्नो घरमा भएको र बित्त बिभाग देख्नाले केही बैदेशिक अनुदानहरूले अर्थतन्त्र धरासायी हुनबाट रोकिने एबं मित्र राष्ट्रहरूकोले योजनामा केही दीर्घकालीन आयोजनाहरू देशमा संचालन हुने, आन्तरिक रुपैयाँ उठाउने कार्य, आन्तरिक उद्योगपतिहरूको लागि राज्यले प्रोत्साहन दिने भएको कारण निजी क्षेत्रमा सुधाका कामहरू सुरुआत हुने संकेत पनि ग्रहले देखाएको छ। तसर्थ अलि सुरक्षित महसुुश गरेर देशका उद्योगपतिहरू नयाँ उद्योग भित्र्याउन पट्टी लाग्ने अवस्था छ भने राज्य पनि केही साना उद्योगहरू सरकारी स्वामित्वमा संचालन गर्ने दौरानमा लाग्नेछ। यसले गरिबी र स्वरोजगारीमा मद्दत पुग्नेछ। 

लग्न राज्य प्रमुखको अवस्था बलियो भएकोले त्यागको भावना प्रधानमन्त्रीमा धेरै देख्न सकिनेछ भने बिपरित दलकाले पनि भरपुर सहयोग पुर्याउने अवस्था देखिन्छ। गुरूको दृष्टिलाई अमृत मानिने ज्योतिषीय मतानुसार राज्यको लगानी भाव, बित्तभाव तथा जनताभावमा परेकाकारण तत्तत् क्षेत्रमा उन्नति हुनेछ तसर्थ जनताले देशमा सुधारको अनुभूत गर्न पाउँनेछन्। शनि न्यायाधीश भएको र अब दुई दिनपछि कुम्भमा प्रवेश गर्ने भएकोले मूल त्रिकोणका शनि संक्रमित लग्नबाट सप्तम अनि देशको राशिबाट जनता भावस्थ हुने भएको कारण सीमामा सुधार एबं जनतामा न्याय दिनेछन्। यो अवस्था ३०महिना पूरा रहनेछ। शनिको स्क्वायरमा देशका प्रधानमन्त्री छन् तसर्थ राष्ट्र उत्थानमा न्यायालयको भूमिका सुधार्ने दिशामा उनी लाग्नेछन्। 

न्यायिक निकायहरूमा शनिले धेरै भ्रष्टाचारी न्यायाधीशहरूको संपत्ति छानबिन गर्ने र न्यायिक परिपाटीमा सुधारको गुञ्जाइस देखिन्छ। राहु मायावी भ्रमका ग्रह मेषषस्थ छन् बलिया छन् राष्ट्र हितमा उब्जने भ्रम नेताहरूले बुझ्ने केही कर्मचारी कारवाहीमा पर्ने, छानबिन आयोगहरू बन्ने, सुकुम्बासी समस्या समाधानोन्मुख हुँदै अघि बढ्ने अवस्था देखिन्छ।

दैवीप्रकोपका लागि सरकारले बेलैमा तयारी अपनाउनु पर्नेछ।

स्वास्थ्य, शिक्षाका क्षेत्रमा धेरै सुधार हुनेछ। मलाई ग्रहका हिसाबले यो सरकार राम्रो काम गर्नेमा सायद अहिलेसम्मकै बलियो सरकार हुनेछ। इति
 

प्रतिक्रिया