शेखरको प्रस्तावमा गगन उठ्ने पक्का, देउवा सर्वसम्मत हुने सम्भावना सकियो

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापा उम्मेदवार हुने समझदारी बनेको छ। नेता शेखर कोइरालासँगको लामो परामर्शपछि उनकै प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने सहमति बनेको हो।

आज बिहान लैनचौरस्थित एम्बेस्डर होटलमा भएको कोइराला समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको हो। 

नेपाली कांग्रेसको आगामी १५ औं महाधिवेशनमा महामन्त्री थापाले नेता कोइरालालाई सहयोग गर्ने गरी समझदारी बनेको बुझिएको छ।

कांग्रेस संसदीय दलमा सभापति देउवा र महामन्त्री गगनवीच प्रतिष्पर्धा हुने सम्भावना

 

प्रतिक्रिया