कांग्रेस संसदीय दलमा सभापति देउवा र महामन्त्री गगनवीच प्रतिष्पर्धा हुने सम्भावना

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापावीच प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ। महामन्त्री थापालाई  उम्मेदवार बनाउन युवा सांसद र नेता शेखर कोइराला समूह सहमतिको नजिक पुगेको थाहा भएको छ।

GAGANनेता कोइरालासँग लामो परामर्श गरेपछि उनी आफैं दलको नेता नहुने अवस्थामा गगनलाई समर्थन गरेर निर्वाचनमा सक्रिय हुने सहमति बनेको एक सांसदले बताए। मंगलबार बिहान बसेको पदाधिकारी बैठकले गगनलाई उम्मेदवार बनाउने निर्णय भएको बुझिएको छ। 

नेता शेखर कोइराला पनि संसदीय दलको नेता बन्न इच्छुक देखिँदासम्म परिस्थिति फरक थियो तर अब पदाधिकारीहरुबीचको छलफलपछि गगनको पक्षमा सहमति बनेको बताईएको छ। नेता कोइरालाले प्रस्ताव गरेर गगन उम्मेदवार हुने सहमति बनेको छ। 

अहिले पनि यसबारे थप छलफल भैरहेको छ। नेता कोइरालासहित पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरु सहभागी भएर यसबारे थप तयारी गर्ने बताईएको छ।

GGTनेता कोइरालाको पक्षबाट महामन्त्री गगन दलको नेतामा उम्मेदवार हुने भएपछि सभापति देउवासँग बलियो प्रतिष्पर्धा हुने देखिएको छ। देउवासँग बहुमत सांसद देखिए पनि गगनलाई कोइरालाको समर्थनमा सर्वसम्मत उम्मेदवार बनाएपछि परिस्थिति बदलिन सक्ने सांसदहरुको भनाई छ।

कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् । उनीहरू नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् । उम्मेदवारी आज दिउँसो दर्ता हुनेछ भने भोलि बिहान ८ देखि १० बजेसम्म मतदान हुने छ। 

प्रतिक्रिया