कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी भएका छन् । बानियाँ १९५७ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीले १०८९ मत पाएका छन् । बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए । यस्तै कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो ।

निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ । कांग्रेसको काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भएका छन् । केसीले १९२२ र नकर्मीले १८२९ मत पाएका छन् । सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया