प्रधान सम्पादक निष्ठुरीलाई पितृशोक 

 

काठमाडौं । दृश्य टिभी डटकमका प्रधान सम्पादक एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीलाई पितृशोक परेको छ । 
प्रधान सम्पादक निष्ठुरीका पिता दधिराम घिमिरेको आइतबार बिहान निधन भएको छ । घिमिरेको ८७ वर्षको उमेरमा झापाको बिर्तामोडस्थित घरमा निधन भएको हो । 

घिमिरेका तीन छोरा र चार छोरी छन् । विसं १९९१ मा इलामको खान्द्रुङ गाविसमा जन्मिएका घिमिरे र उनको परिवार पछि झापाको बिर्तामोड बसाइ सरेको हो । कर्मशील कृषक र आध्यात्मिक तथा धार्मिक व्यक्तित्व घिमिरे केही समयदेखि अस्वस्थ थिए । 

दृश्य टिभी परिवार घिमिरेको निधनप्रति गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । हामी उनको आत्माको चीर शान्तिको कामना गर्दछौं । 

प्रधान सम्पादक निष्ठुरी र सम्पूर्ण शोकसन्तप्त परिवारजनलाई इश्वरले शोकको घडिमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं । 

प्रतिक्रिया