सन् २०२७ को आईसीसी नेपाल र बंगलादेशले आयोजना गर्ने

काठमाडौं। पाँच वर्षपछि हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को उन्नाईस वर्षमुनिका खेलाडिको प्रतिष्पर्धा नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। 

आईसीसीका अनुसार सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्नेछन्।

 आईसीसीले  २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने भनेर आइतबार निर्णय गरेको हो।

२०२४ को आईसीसी यू(१९ पुरुष विश्वकप श्रीलंकाले पाएको छ भने २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डले संयुक्त रुपमा आयोजना गर्नेछन्।  

यस्तै, २०२६ को यू-१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएको छ आईसीसीले जनाएको छ।

प्रतिक्रिया