श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा समातिए

काठमाडौं। श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुनाथिलाका बलात्कारको आरोपमा प्रहरीले पक्राउ परेका छन्। 

३१ वर्षीय गुनाथिलाकालाई सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको एक होटलबाट आइतबार बिहान पक्राउ गरिएको हो। रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए भनेर क्रिकइन्फोले प्रहरीलाई उदृत गर्दै लेखेको छ।

‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसन मार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि गुनाथिलाकासँग भेटिन्, त्यसपछि बुधबार २ नोभेम्बरको साँझ उनले यौन दुव्र्यवहार गरेको आरोप लगाइएको छ’, न्यू साउथ वेल्स प्रहरीको बयानमा भनिएको छ।

उनीमाथि सहमति बिना यौन संभोगको चारवटा आरोप लगाइएको छ। गुनाथिलका ह्यामस्ट्रिङको चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए। उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए। तर पनि उनी अष्ट्रेलियामै रहेका थिए। नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलंकाका लागि आठ टेस्ट, ४७ एकदिवसीय र ४६ टी(२० खेलेका छन्।

आइतबार एससीजीमा भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भएपछि श्रीलंकाको प्रतियोगिता समाप्त भएको हो।

प्रतिक्रिया