पुजारी बज्राचार्यको हृदयघातबाट मृत्यु

गोरखा : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आउनुभएका एक गुर्जु (पुजारी) को हृदयघाटबाट मृत्यु भएको छ । 

हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आउनुभएका काठमाडौँ महानगरपालिका–४ बल्खु का  रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको  मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिनुभयो ।

उहाँले मनकामनाको एक होटलमा बास बस्नुभएका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको बताउनुभयो । 

घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया