बहुमतको सरकार बनाउन कांग्रेसले सय सिट लिनैपर्छ: नेता शेखर कोइराला

काठमाडौं। आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न भएपनि नेपाली कांग्रेसले सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा सय सिट लिनुपर्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्। उनले प्रतिनिधि सभाको १ सय ६५ सिटमा कांग्रेसले एक्लै उम्मेदवार उठाउँदा पनि आकांक्षी उम्मेदवारको व्यवस्थापन गर्न गाह्रो परिरहेको अवस्थामा कांग्रेसले खुम्चिएर सिट बाँडफाँट गर्न नहुने बताएका छन्। 

नेता कोइरालाले सके कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने, सत्ता गठबन्धन कायम राख्ने हो भने पनि सय सिटभन्दा तल नझर्न नेतृत्वलाई आग्रह गरे। 

जनकपुरस्थित प्रेस युनियनको बिहीबार सम्पन्न कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन कांग्रेसले सय सिट लिनैपर्ने बताए। उनले सय सिट कांग्रेसले नपाए बहुमत ल्याउन कठिन हुने बताए। ‘बहुमत ल्याउन सय सिट जरुरी छ,’ उनले भने। 

प्रत्यक्षतर्फ धेरै सिट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्न सक्नेतर्फ पनि उनले इंकित गरे। 
 

प्रतिक्रिया