एकदिवसीयको विश्व कप खेलिसकेको केन्याविरुद्ध नेपालको क्लिन स्विप

काठमाडाैं। पाँच पल्ट विश्व कप खेलिसकेको केन्यालाई उसैको घरेलु मैदानमा नेपालले एकदिवसीय शृंखलामा क्लिन स्विप गरेको छ। साेमबार शृंखलाकाे तेस्राे खेलमा नेपाल ६ विकेटले विजयी भयाे। 

नेपालले आज ब्याटिङमा आफ्नो दम देखायो। केन्याले पहिलो इनिङमा बनाएको २ सय ५५ रनलाई पछ्याउने क्रममा नेपालले १७ बल खेल्न बाँकी रहँदै ४ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतक बनाए। कप्तान रोहित पौडेलले अविजित ४६ रन बनाए ।

दाेस्रो इनिङ उत्कृष्ट सुरुवात गरेको नेपालका लागि अर्जुनले ५८, आसिफले ५६ रन बनाए। आसिफले पहिलो खेलमा सतक बनाएका थिए। वसिरले पनि ५२ रन बनाए। केन्याका भिराज पटेलले दुई विकेट लिए । शेम एनगोचे र याश तालातीले एक–एक विकेट बाँडे।

टस जितेर पहिलो ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो। केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले। लुकास एनडानडासनले अविजित रहँदै ५९ रन बनाए। 

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले दुई–दुई विकेट लिए । वसिर अहमद र शाहब आलमले एक–एक विकेट बाँडे। यसअघि नेपालले टि–२० शृंखला पनि आफ्नो हातमा पारेको थियो। उसले ५ खेलको शृंखला ३–२ ले जितेको थियो। 

यो पनि

आसिफको शतकमा नेपालको उत्कृष्ट सुरुवात

पाँच वटा विश्व कप खेलेकाे केन्याविरुद्ध नेपाललाई एकदिवसीय शृंखला

 

 

 

प्रतिक्रिया