मज्जासँग हाँसौं प्रशन्न जीवन बाँचौं

अहिले हामीमध्ये जो कोहीलाई पनि आफ्नो काम छिटो सक्नु परेको छ। कामको प्रेसर यति धेरै हुन्छ कि हामीलाई पछिल्लो समय कहिले हाँसेका थियौं भन्ने कुराको हेक्का पनि हँुदैन। हाँस्नु स्वस्थ शरीरको लागि एकदमै महत्वपूर्ण कुरा हो। तर धेरै मान्छेले यो बिर्सिसकेको छ । घरमा घरव्यवहारको गनगन, अफिसमा हाकिमको कचकच र अन्य धेरै कुराहरुले गर्दा मान्छेले मज्जाले हाँस्न बिर्सिसकेको छ। हाँस्नु भनेको सबैका लागि एकदमै महत्वपूर्ण कुरा हो तर हामी हाँसोलाई त्यतिकै खेर जान दिई रहेका हुन्छौं।

हाँसो हाम्रो स्वास्थ्यको लागि कति फाईदाजनक छ भन्ने कुराको यहाँ केही टिप्सहरु छन्।  हाँसोले हाम्रो स्वास्थ्यमा के कस्तो फाईदा गर्छ,पढौं यी महत्वपूर्ण बूँदा र समय मिलाएर बेस्सरी हाँसौं- 

१. हाँस्नुले मनलाई स्वस्थ राख्नुका साथै कसरत पनि हुन्छ। हाँसोले हाम्रो शरीरमा भएको रगतको संचालन एकदमै राम्रो तरिकाले भइरहन्छ। हाँसोले शरीरमा भएको एंडोर्फिन रसायन निक्लन्छ र यसले द्रव्य र ह्रदयलाई एकदमै मजबुत बनाउँछ। हाँस्नुले ह्रदयघातको सम्भावना कम हुन्छ।

२. एउटा रिर्सच अनुसार अक्सिजनको उपस्थितिमा क्यान्सर जस्तो भयानक रोग र अन्य प्रकारका हानिकारक जीवाणुवर्ग एवं भाइरसहरुलाई पनि हाँसोले नष्ट गराईदिन्छ। जति हाँस्यो त्यति नै धेरै अक्सिजन हामीले पाउन सक्छौं र शरीरको प्रतिरक्षातन्त्र पनि एकदमै बलियो हुन्छ।

३.यदि बिहानको समय हाँस्य ध्यान योग गर्यो भने पूरा दिन एकदमै राम्रो हुनुका साथै प्रशन्नताले बित्छ। यदी रातीको समय यो योग गर्यो भने गहिरो निन्द्रा पर्दछ। हाँस्य योगले हाम्रो शरीरमा धेरै प्रकारको हारमोन्सको काम गर्छ जसले मधुमेह, ढाडको दुखाई र तनावमा भएका मान्छेहरुको लागि एकदमै फाईदा दिन्छ।

४. हाँसोले मानिसमा भएका सकारात्मक उर्जा पनि बढ्छ। सँधै बिहान–बिहान हाँस्नाले दिनभरी अफिसको वातावरणमा नै परिवर्तन आउँछ। त्यसैले हामीले हाम्रो दिनको शुरुवात दुईचारवटा चुटकिला पढेर या सुनेर गर्यौं भने हाम्रो पूरा दिन रमाइलो तरिकाले बित्छ। त्यसैले पनि हाँस्नको लागि कुनै बहानाको आवश्यकता पर्दैन। मान्छे त्यसै एक्लै पनि हाँसेर रमाउन सक्छ।

५. सधैं एक घण्टा हाँस्नुले ४०० क्यालोरी उर्जाको खपत हुन्छ जसले मोटोपनलाई काबुमा राख्ने काम गर्छ। आजकल धेरै जसो ठाउँहरुमा हाँस्य क्लब नै संचालनमा आएका छन्। हाँस्य क्लबले तनावले भरिएको जिन्दगीलाई हाँसोको माध्यमले हलुका बनाईदिन्छ।

प्रकृतिले पनि हामीलाई बारम्बार भनिरहेको हुन्छ कि– पानी परेपछि आकाशमा देखिएको घाम, फक्रिएको फूल, हरियो देखिएका रुखका पात र हाँगाहरुले आफ्नो खुशीको महशुस गराउँछन्। यिनीहरुको यही खुशी देखेर नै हामी सबैको मन पनि खुशी हुन्छ। यसरी नै हामी सधैं खुशी भयौं भने हाम्रो वरीपरीको वातावरण पनि एकदमै रमाईलो हुन्छ। अंग्रेजीमा एउटा भनाई छ-  Health is above wealth.  

सोच्नुस् यदी एउटा सानो हाँसोले तपाईंको फोटो राम्रो आउन सक्छ भने तपाईं झन खुलेर हाँस्नु भयो भने तपाईंको जिन्दगीको फोटो कति राम्रो बन्छ होला। जब स्वास्थ्य र सामाजिक क्षेत्रमा हाँस्नुका धेरै फाईदा छन् भने हाँस्नु त पर्छ नै। त्यसैले आफू पनि सधैं हासौं र अरुलाई पनि हसाउँ। (एजेन्सीबाट)

प्रतिक्रिया