‘म्याच फिक्सिङ’ विवादमा मुछिएका प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक नियुक्त

काठमाडौं। भारतका पूर्व अलराउण्डर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त भएका छन्। दिल्ली निवासी प्रभाकरले टेष्टमा ९६ र एकदिवसीयमा १ सय ५७ विकेट लिएका छन्।

इङ्ल्याण्डको डरहामबाट काउन्टी क्रिकेट खेलेका प्रभाकर ८० को दशकको अन्त्यदेखि ९० को दशकको सुरुवातमा भारतीय टिमको प्रभावकारी खेलाडी मानिन्थे। उनले विवादका बीच क्रिकेट परित्याग गर्नु परेको थियो। 

सन् १९९९ मा भारतको चर्चित न्युज पोर्टल तहल्काले उनी म्याच फिक्सिङमा संलग्न रहेको खबर प्रकासित गरेको थियो। सन् १९९६ को विश्व कपपछि उनी भारतीय टिममा अटाउन सकेनन्। सन् २०१५ मा उनी अफगानिस्तानको बलिङ प्रशिक्षक नियुक्त भएका थिए। 

प्रतिक्रिया