अदभूत चमत्कार, चीनमा १९ औं तलाबाट खसेकी महिलाको सकुशल उद्धार 


काठमाडौं । यो चमत्कारीक घटना पूर्वी चीनको जियांगसु प्रान्तमा भएको हो । यहाँको यांगझौ शहरमा एक ८२ वर्षिया महिला कपडा सुकाउने क्रममा भवनको १९ औं तलाबाट खसिन् । 


खस्नासाथ उनी १८ औं तलाको कपडा सुकाउने डन्डीमा अडकीइन् र उल्टो परेर झुण्डीन पुगीन् । धन्य होस्, अग्नीनियन्त्रक टोलीले गएर उनलाई बचायो । ति महिलालाई सायद इश्वरले हात थापे, कुनै गम्भीर चोटबिना उनी सकुशल रहीन् । 


१९ औं तलाबाट जब उनी खसिन्, देख्नेहरुलाई लाग्यो, अब सत्यानाश भयो । तर, संयोगले उनको गोडा १८ औं तलाको बार्दलीमा राखिएको कपडा सुकाउने ¥याकजस्तो डन्डीमा अडकिन पुग्यो । टाउको, हात र शरीर चाहिँ १७ औं तलानेर झुण्डीरहेको थियो । 


उद्धार गर्नेमध्ये एउटा टोली पहिला १८ औं तलामा गयो भने अर्को १७ औं तलामा पुग्यो । १८ औं तलाको उद्धार टोलीका मानिसहरुले महिलाको गोडा समाते । अर्को टिमले महिलाको शरीरमा चारैतिर डोरी बाँधेर विस्तारै बार्दलीमा ताने । 


यो घटनाको भिडियो अहिले पुरै विश्वभरी भाइरल भइरहेको छ ।  साउथ चाइना मर्निङ पोस्टले २३ नोभेम्बरमा शेयर गरेको थियो । महिलालाई बचाउने उद्धार टोलीको अहिले निकै प्रशँसा भइरहेको छ । यो कुनै चमत्कारभन्दा कम थिएन । 
 

प्रतिक्रिया