पुबुदुले दिए क्रिकेट प्रशिक्षकबाट राजीनामा 

काठमाडौं। आलोचनाका बीच नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुद दशानायकेले पदबाट राजीनामा गरेका छन्। 

आइसीसी डिभिजन–२ अन्तर्गत स्कटल्याण्डमा भएको शृंखलाबाट फर्किएलगत्तै उनले पदबा६ राजीनामा गरेका हुन्। उनले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्ने बताएका छन्। नेपालले स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृंखलामा खराब प्रदर्शन गरेको थियो। 

नेपालको ब्याटिङ लाइनअप कमजोर देखिएपछि सोसल मिडियामा उनको आलोचना हुँदै आइरहेको थियो। 

स्कटल्याण्डमा नेपालले ४ मध्य एक खेलमात्र जितेको थियो। बाँकी ३ खेलमा पराजय भोग्यो। 

दासनायकेले सन् २०११–१५ सम्म नेपाली टिमलाई पहिलो पल्ट सम्हालेका थिए। उनको प्रशिक्षणमा नेपालले बंगलादेशमा भएके टी–२० विश्वकप पनि खेलेको थियो। उनी गत मंसिरमा दोस्रो पटक नेपाली टिम सम्हाल्न आएका थिए ।
 

प्रतिक्रिया