जापानको पृथ्वीदेखि चन्द्र र मंगलग्रहसम्म ‘अन्तर–ग्रह’ ट्रेन चलाउने योजना (भिडियोसहित)

क्याेटाे। जापानले चन्द्र र मंगल ग्रहलाई पृथ्वी जस्तै बस्न लायक बनाउने भएको छ। उसले पृथ्वी, चन्द्र र मंगललाई जोड्न अन्तर–ग्रह ट्रेन सञ्चालन गर्ने योजना अघि सारेको छ। सुन्दा हास्यास्पद लागे पनि क्योटो विश्वविधालयको अनुसन्धानकर्ताहरूले यो प्रोजेक्टका लागि काजिमा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौंता गरेका छन्। 

यस टिमले शुन्य तथा ‘लो ग्रेभेटी’ भएको ठाउँमा मानव ‘मस्कुलोस्टकेलेटल सिस्टम’ को कमजोरीलाई रोक्न पृथ्वी जस्तै सुविधासम्पन्न ‘ग्यास’ आवास संरचना विकसित गर्ने घोषणा गरेको छ। ग्यासमा पृथ्वी जस्तै पर्यावरणीय र चुम्बकीय शक्ति हुनेछ। यसले अन्तरिक्षमा बसोबास गर्न सहज बनाउने वैज्ञानिकहरूको भनाई छ।  

योजनाअन्तर्गत ग्लास र अन्तर–ग्रह ट्रेनको ‘प्रोटोटाइप’ निर्माणमा करिब ३० वर्ष लाग्ने योजनाकारहरूले बताएका छन्। 

क्योटो विश्वविधालय र काजिमा कन्स्ट्रक्सन कम्पनीले निर्माण गर्न लागेको कोनिकल संरचनाको नाम ‘ग्लास’ राखेको हो। ग्लासभित्र बनावटी चुम्बकिय शक्ति, यातायात योजना (ट्रान्सपोर्ट सिस्टम), रुखविरुवा र पानी उपलब्ध हुनेछ। पृथ्वीमा भए जस्तै सबै सुविधा अन्तरिक्षमा पनि राख्ने लक्ष्य परियोजनामा राखिएको छ। चन्द्रमामा यो योजना ‘लुनाग्लास’ को नामले चिनिने छ भने मंगल ग्रहमा ‘मार्सग्लास’ को नामले। 

 

यसमा एउटा उल्टो कोन हुनेछ, जसले पृथ्वीको वास्तविक चुम्बकीय शक्तिको प्रभावको नक्कल गर्दै एउटा सुरक्षित फ्युगल पुल बनाउने छ र पृथ्वी जस्तै चुम्कीय शक्ति उत्पन्न गर्नेछ। ग्लासको लम्बाई करिब १३ सय फिट र रेडियस ३ सय २८ फिट हुनेछ। यसको प्रयोगमा करिब सय वर्ष लाग्ने बताइएको छ। 

योजनामा संलग्न टिम ‘इन्टरप्लेनरी ट्रान्सपोर्टेशन सिस्टम’ बनाउने कार्यमा पनि उत्तिकै सक्रिय छ। जुन ‘हेक्साट्रेक’ को रूपमा चिनिने छ। लामो दुरी तय गर्ने सम्बन्धमा यसले पृथ्वीको सतह जस्तै चुम्कीय शक्ति उत्पन्न गर्नेछ। कम चुम्कीय शक्तिका कारण यात्रा गर्ने मानिसले थुप्रै प्रकारको समस्या भोग्नु पर्ने कुरालाई ध्यानमा राखिने छ। ट्रेनमा ‘हेक्सागोनल’ आकारको क्याप्सुल पनि हुनेछ, जसलाई ‘हेक्साक्याप्सुल’ को नामले चिनिने छ, जसको बीचमा एउटा मुभिङ डिभाइस जडित हुनेछ। 

यसका लागि दुई किसिमको क्याप्सुल तयार हुनेछ, एउटा पृथ्वीदेखि चन्द्रमासम्म र अर्को पृथ्वीदेखि मंगल ग्रहसम्म। चन्द्रमा जाने क्याप्सुलको रेडियस १५ मिटरको हुनेछ। यस्तै, मंगल ग्रह जाने क्याप्सुलको रेडियस ३० मिटर हुनेछ। 

चन्द्रमा हुने स्टेशनले गेटवे उपग्रहको उपयोग गर्नेछ। जसलाई चन्द्र स्टेशनको रूपमा ब्याख्या गरिने छ। यस्तै, मंगल ग्रहमा हुने रेलवे स्टेशनलाई मंगल स्टेशनको नामले चिनिने छ। यो मंगल ग्रहमा रहेको उपग्रह फोबोसमा अवस्थित हुनेछ। मानव अन्तरिक्ष विज्ञान केन्द्रका अनुसार पृथ्वीमा हुने स्टेशन टेरा स्टेशनको नामले चिनिने छ। 
 

प्रतिक्रिया