प्रशन्नताको सूत्रः धनको मोह त्याग्नोस्, आफ्नै अवमूल्यन नगर्नोस्

सामान्यतया उमेरले ४० या ५० नाघेका  ज्येष्ठ नागरिकले पालना नगरे जिउन कठीन हुने अत्यावश्यक सुझाव–
 
१. तिर्खा नलागे या पिउन मन नलागे पनि सधँै दिनमा कम्तीमा २ लिटर पानी पिउनुहोस्।

२. आफ्नो शरीरलाई सामान्यतया क्रियाशिल राख्नुहोस्। हल्का र ठूलो परिश्रम नपर्ने गरि हिँडडुल गर्नु, पौडी खेल्नु, करेसाबारी खन्नु, घाँस काट्नु, साइकल चलाउनु वा कुनै पनि प्रकारको खेलहरु खेल्नुहोस्। 

३. सन्तुलित, निरामिश र सुपाच्य भोजन खानुहोस्। खानाको मात्रा घटाउनुहोस्, वेलुकाको भोजन सकेसम्म नखानुहोस्। भोजनमा सागसब्जी, प्रोटिन, कार्बोहाइड्रेट आधारित खाद्य पदर्थ अधिक प्रयोग गर्नुहोस

४. क्रोध त्याग्नुहोस्, चिन्ता त्याग्नुहोस्, कुनै पनि चिजहरुलाई बेवास्ता गर्ने प्रयास गर्नुहोस्, बिरोधको अवस्थामा आफूलाई समाबेश नगर्नुहोस्, तिनीहरु सबैले स्वास्थ्यलाई कमजोर बनाउँछन् र आत्माको वैभव खोसिदिन्छन्। सकारात्मक ब्यक्तिहरुसँग कुरा गर्नुहोस् र तिनिहरुको कुरा सुन्नुहोस्।

५. धन सम्पत्तीको मोह त्याग्नुहोस्। सबैभन्दा अगाडि पैसाको मोह त्याग्नुहोस्। यसले अहंकार पनि बढाउँछ। आफू वरिपरीका मानिसहरूसँग मिल्जुल गर्ने गर्नुहोस्। उनीहरुसँग बोल्नुहोस् हाँस्नुहोस्। पैसा जिउनको लागि बनाएको हो, पैसा नै जिन्दगी होईन।

६. आफूले आफैंलाई कुनै प्रकारको दुःखी नमान्नुहोस्। कुनै यस्तो चिज जुन तपाईंले प्राप्त गर्न सक्नुभएन, न यस्तो कुनै चिज जुन तपाईंले आफ्नै लागि गर्न सक्नुभयो। यसलाई बेवास्ता गर्नुहोस् र यसलाई बिर्सनुहोस्।

७. आफू भन्दा सानालाई प्रेम, सहानुभूति र आफ्नोपनले मिल्नेजुल्ने गर्नुहोस्। कुनै व्यङ्ग्यात्मक कुरा नगर्नुहोस्। आफ्नो अनुहारमा मुस्कान राखी राख्नुहोस्। बिगतमा तपाईं जति नै ठूलो पद र जातमा भए पनि बर्तमानमा त्यसलाई बिर्सेर सबैसँग मिलजुल भएर बस्नुहोस्।

(आयुर्वेद र अध्यात्मप्रेमी सच्चितानन्द शर्माको सुझाव)
 

प्रतिक्रिया