'सर्वोच्चको विवाद समाधानबारे एक दुई दिन कुर्छौं'

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् ।

बुधबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने भन्दै त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले अर्को निर्णय गर्ने बताएका हुन् ।

उनीहरु सकेसम्म अदालतको विवाद त्यहीँभित्रबाटै समाधान होस् भन्ने पक्षमा रहेको बताए । उनले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको र त्यसमा उहाँ सकारात्मक रहेको बताए ।

उनले यसबारे सबैसँग छलफल गरी उपयुक्त निष्कर्षमा पुग्ने बताए । उनले पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको बताए । अध्यक्ष प्रचण्डले एमसीसीकाबारेमा केही कुरा अस्पष्ट रहेकाले जनतालाई बुझाएर मात्र त्यसलाई पारित गर्नुपर्ने बताए । उनले अहिलेको पाँच दलीय गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी गरे ।

प्रतिक्रिया