शाहरुखको बलिउडमा ३० वर्ष

मुम्बई। बादशाहको उपनामले चर्चित बलिउड अभिनेता शाहरुख खानको हिन्दी सिनेमामा ३० वर्ष पुरा भएको छ। 

शाहरुखले सन् १९९२ मा रिलिज दिवानाबाट बलिउडमा पाइला टेकेका थिए। अहिलेसम्म उनले ८० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्, जसमा १४ वटा फिल्मफेयर अवार्ड जितेका छन्। 

शाहरुखले ८० को दशकमा टेलिभिजन श्रृंखलाबाट अभिनय सुरु गरेका थिए। सन् २०१८ मा उनको ‘जिरो’ रिलिज भएको थियो। पाँच वर्षपछि उनको फिल्म पठान रिलिजको तयारीमा छ। 

शाहरुख बलिउडमा किङ अफ रोमान्सको उपनामले पनि चिनिन्छन्। 
 

प्रतिक्रिया