डेनी डेन्जोङ्पा सेनामा भर्ति हुन चाहन्थे, तर....

काठमाडौं। बलिउड अभिनेता डेनी डेङ्जोङ्ग्पा र उनका जन्नरे (ठाइँला) दाजुकी पत्नी एउटै थिइन्। तर प्रसिद्धी र सम्बृद्धीको शिखरमा पुगेपछि डेनीले सिक्किमका अन्तिम चोग्याल (राजा) पाल्देन थान्दुप नाम्ग्यालकी कान्छी बहिनी गावा नाम्ग्यालसँग धुमधामसँग बेग्लै बिहे गरे। 

आफ्नो गाउँमा उनी 'याप्ला' भनेर चिनिन्थे। 'याप्ला' भनेको उनीहरुको भाषामा कान्छा हो। उनी आफ्ना बाबुआमाका कान्छा छोरो हुन्।

डेनी डेन्जोङ्पा सेनामा भर्ति हुन चाहन्थे, तर पछि उनी दार्जीलिङमा पढ्दा पढ्दै नाटकतिर लागेर ईन्डियाको पूणेस्थित एफटीआईआईबाट अभिनयमा डिप्लोमा गरे। मुम्बईमा फिल्म अभिनयमा गरे। पहिलो फिल्म 'सुमन' जग्गनाथ तिमिल्सेना,जया भादुरी, असरानीसङ्ग पछि उनलाई फिल्म निर्देशक गुलजारले 'मेरे अपने' मा एक क्यामिओ रोल दिए। बीआर चोपडको 'धुन्ध' बाट उनी चर्चाको शिखरमा आए। रमेश सिप्पीको 'शोले' नखेले वापत झन चर्चामा आए। 

डेनीले हिन्दी फिल्ममा एसडी बर्मनदेखि आरडी बर्मनको सङ्गीतमा गीत गाए। नेपालीमा उनले पहिलो पटक रञ्जीत सिंहको सङ्गीतमा चारवटा गीत गाए, चिसो चिसो हावामा..., मनको कुरालाई बाँधीनराख... र आजभोलि... डेनीले पहिलो पटक नेपाली फिल्म सिक्किम फिल्म कर्पोरेशनद्घारा निर्मित मशालमा अभिनय गरेपछि साइनोमा आफ्नो भान्जा उगेन छोपेलको निर्देशनमा अभिनय गरे। साइनोमा एउटा गीत थियो, आशा भोंसलेको स्वरमा 'फेरि आयो त्यो काल रात निष्ठुरीको सम्झना लिएर।' 

त्यो गीतको शुटिङ्गमा उनी पनि खटिए, गीतको कोरियोग्राफी शान्ता नेपाली गर्दै थिइन्। कुनै समय फिल्म निर्देशकका डेनीलाई यो गीतको छायाँकनमा खूब रहर जम्यो। स्मरणीय छ, समर्थवान अभिनेता डेनीले एउटै मात्र हिन्दी फिल्म निर्देशन गरेका छन्,'फिर वही रात'..राजेश खन्ना, किम अभिनीत 'फिर वही रात' कै जस्तो लाइटिङ्गमा 'साइनो' फिल्मको 'फेरि आयो त्यो कालो रात...' को छायांकन सिक्किमको राभाङस्थित डाक बङ्गलामा गरिएको थियो। (सामाजीक सञ्जालबाट)

प्रतिक्रिया