काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक(एसएसपी) कमल थापाको रचनामा दुईवटा गीत सार्वजनिक भएका छन्। ‘पहाडकी रानी’ बोलको गीत केही हप्ता अघि सार्वजनिक भएको थियो।
KASS MUSIC युट्युब च्यानलबाट उक्त गीत अपलोड गरिएको थियो। गीतमा पूर्वी पहाडी जिल्ला इलामको सौन्दर्यको रोचक शैलीमा वर्णन गरिएको छ।
गीतमा नेपाल आईडल विजेता करण परियारको स्वर रहेको छ। संगीत संयोजन ताराप्रकाश लिम्बुले गरेका छन्। त्यसको केहि साता अघि मात्र समिर खरेलको स्वर रहेको ‘पछ्यौरी’ बोलको गीत पनि सोही युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। एसएसपी थापाले संगीत आफ्नो रुचीको विषय भएकाले फुर्सदका समयमा गरिएका सृजनाहरुलाई बाहिर ल्याएको बताए।
‘दर्शक स्रोताहरुको राम्रो प्रतिक्रिया पाएको छु। आगामी सृजनाका लागि यसले मलाई उत्साही बनाएको छ’, उनले भने। दुवै गीतका म्युजिक भिडियो छन्।
प्रतिक्रिया