सोनिया गान्धीलाई घाँटीमा ‘फंगल इन्फेक्सन’, ५ दिनदेखि अस्पताल

दिल्ली। भारतको प्रतिपक्षी दलको नेता श्रीमती सोनिया गान्धीलाई श्वासनलीको तल्लो भागमा ‘फंगल इन्फेक्सन’ भएको छ। 
उनी विगत ५ दिनदेखि अस्पतालमा भर्ना छिन्। नेशनल हेराल्ड मुद्धामा उनीसहित राहुल गान्धीलाई इन्फोर्समेन्ट डिपार्टमेन्ट (इडी) ले सोधपुछका लागि बोलाएको थियो। राहुल दुइ पल्ट इडीसमक्ष उपस्थित भइसकेका छन्। तर, स्वास्थ्य कारणले सोनिया जान सकेकी छैनन्। 

राहुललाई बिहीबार बयान लिएपछि पुनः शुक्रबार बोलाइएको थियो। तर, उनले आमाको स्वास्थ्य खराब भएका कारण अर्को दिन आउने बताएका थिए। उनलाई सोमबार सोधपुछका लागि बोलाइएको छ। 

कांग्रेस प्रवक्ता जयराम रमैयाले कोरोनाका कारण सोनियाको नाकबाट रगत बगेको बताएका थिए। भारतीय कांग्रेसका सचिव रमेशले पनि श्वासनलीको तल्लो भागमा इन्फेक्सन भएको पुष्टी गरे। सोनियालाई १२ जुनमा अस्पताल भर्ना गरिएको छ। 
इडीले सोनियालाई २३ जुनमा हाजिर हुन पत्र काटेको छ। यी दुबैलाई मनी लाउन्ड्रीङ मुद्धामा सोधपुछ भइरहेको छ। 
 

प्रतिक्रिया