आजकाे  राशिफल

Purna Khatiwada

मेषः परिश्रम अनुसारको फल मिल्नेछ ।सामाजिक तथा धार्मिक कार्यमा मन लाग्नेछ । धन प्राप्तिको याेग रहेकाेछ लगनशीलता जारी राख्नुपर्न छ ।

वृषः परिवारजनक साथ सहयोगले कार्यक्षेत्रकाे उर्जा बढनेछ । तार्किक क्षमतामा बडाेत्तरी हुनेछ तर यात्रा चै नगरेकाे राम्राे हुनेछ  ।

मिथुनः धार्मिक साँस्कृतिक सभा समारोहमा सरिक हुने याेग रहेकाेछ । जटिल ठाँनिएका काम मा सहजता आउनेछ । साेचेकाे कामले तिब्रता लिनेछ ।

कर्कटः अधिकार प्राप्तिका लागि गरिएकाे संघर्षले सफलता पाउनेछ  । बुद्धि काे प्रयाेग गर्जाले जटिल ठानिएका काम पनि सरल बन्नेछन् ।

सिंहः शुभ कार्यकाे गुनगान हुनेछ । सुन्नमा आएका नयाँ कुराले मनमा शान्ति  आउने छ । पेसा व्यवसायमा पनि परिश्रम अनुसारको फाईदा हात लागेनेछ ।

कन्याः स्वास्थ्य प्रति  सजक रहनु पर्ने समय रहेकाे छ । दवाव र तजावले मन भारी बन्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । कुकुरलाई खान दिएर गरेकाे कामले सफलता  पाउनेछ ।

तुलाः लाभदायक यात्रा हुन सक्छ । बुद्धि काे प्रयोग  गर्दा राम्रा अवसरलाई नकार्न सकिँदैन । नाेकरी गर्नेहरूका लागि पदाेन्नति नहाेला भन्न सकिन्न  ।

वृश्चिकः पारिवारिक सहयोग ले दीर्घकालीन फईदाकाे याेग रहेकाे छ तर लामाे समय देखि रहेका काममा झमेला आउन सक्छ सतर्कता अपनाउनु हाेला ।

धनुः आज नयाँ र शुभकामकाे ख्यातिप्राप्तिकाे याग बनेकाे छ । स्वदिष्ट भाेजमा सरिक हुने याेग रहेकाे छ । टढा रहेका आफन्तसँग भलाकुशारी हुनेछ  ।

मकरः दवाब र तनाव बडेकाे महसुस  हुनेछ  ।कार्य क्षेत्रमा झ्याउला झमेला आउन सक्छ  ।जिद्दी पनाले काम बिग्रिन सक्छ । भँगेरालाई खान दिएर गरेकाे कामले सफलता  पाउने छ ।

कुम्भः आज राेकिएका काम पुनः सुचारू हुन सक्छन् । धार्मिक कार्यकाे यात्रा  हुनसक्छ । नयाँ शन्ततीकाे याेग पनि रहेकाे छ ।

मीनः ज्ञान र अाध्यात्मिक भावनाकाे जाग्रिति हुने छ हर्ष  र प्रसन्नताका बिच समय व्यतीत हुनेछ  । साझेदारीमा गरिएका काममा सहयोग मिल्नेछ  । राशिफलले जे भने पनि हजुरकाे दिन शुभ रहाेस् हरि ॐ ।

परामर्शकाे लागि ९८४२६२४३०६/ ९८४००७७०४७

(२०७९/०३/०३ गते शुक्रबार)

 

प्रतिक्रिया