आजको राशिफल - (२०७९-०३-०१ गते बुधबार)

Purna Khatiwadaमेषः स्वास्थको ख्याल गर्नु होला। मन अशान्त रहन सक्छ। आकस्मिक संकट आईपर्न सक्छ। शारीरिक कष्ट रहला। गाईलाई खान दिएर शुरू गरेको कामले सफलता पाउला।

वृषः धन प्राप्तिको योग रहेको छ। व्यापार व्यवसायमा सन्तोषजनक लाभ हुनेछ। दाम्पत्य जीवन सुखद् रहला। मनमा उल्लासको अनुभूति रहने छ।

मिथुनः शत्रुमाथि जीत हुनेछ। मनमा हर्ष र उल्लास छाउने छ। कार्यान्वयनमा स्वास्थले साथ दिनेछ। छोटो दूरीको रमाईलो यात्रा रहनेछ।

कर्कटः अध्ययन अध्यापन सन्तोषजनक रहेको छ। दाम्पत्य जीवन खुसहाल रहनेछ। रचनात्मक कामहरूले विशेष साथ दिनेछ। सन्तानको  सुख मिल्नेछ।

सिंहः मन अशान्त र निराश रहने छ। पारिवारिक वेमेल हुन सक्छ। प्रेम सम्बन्ध भए थाहा नपाउँदै धोका हुने योग रहेको छ। ठूलै धनराशी नोक्सान हुन सक्छ। गणेशलाई दुबो चढाउने र खल्तीमा राखेर गरेको काम फलदायी हुनसक्छ।

कन्याः  धनार्जनको योग रहेको छ। आफन्त तथा मित्रहरूबाट भरपूर सहयोग मिल्नेछ। पराक्रममा वृद्धि हुनेछ। छोटो दूरीको फलदायी  यात्रा हुनेछ।

तुलाः वाणीको विशेष प्रभाव रहने छ। मनपर्ने भोजनमा सरिक भइने छ। धनार्जनका मार्ग पत्ता लाग्ने छ। आफन्तबाट सहयोग मिल्ने छ। नजिक ठानेको साथीबाट भने धोका हुन सक्छ।

वृश्चिकः समय तपाईँको पक्षमा रहने छ। सो समयको सदुपयोग गर्न सक्नुभो भने सफलता हातबाहिर हुनेछैन। अध्ययन अध्यापन  राम्रो रहने छ।

धनुः तपाईँका लागि यो समय त्यति अनुकूल छैन, अतः सजक रहनु होला। व्यर्थको काममा समय, उर्जा र धनको क्षति हुनेछ। परेवालाई खान दिएर काम शुरू गरे केही भलो होला।

मकरः व्यापार व्यवसायबाट लाभ हुने छ। सन्ततीबाट सुख मिल्ने छ। उत्तम भोजनको अवसर मिल्ने छ। अध्ययन अध्यापन भने सामान्य रहला।

कुम्भः कार्य सफलताले मान सम्मानमा वृद्धि हुने छ। सरकारी कर्मचारी भए पदोन्नतिको पनि सम्भावना छ। उच्च पदस्थ व्यक्तिबाट हौसला मिल्ने छ।

मीनः यात्रामा सफलता मिल्ने छ। भाग्य तपाईँको साथमा दैव बनेर आएको छ, समयको सहि सदुपयोग गर्नुहोला। दान दिनका लागि उत्तम समय रहेको छ।

राशिफलले जे भने पनि तपाईंको दिन शुभ रहोस्। हरि ॐ ! 

-परामर्शको लागि- ९८४२६२४३०६ ९८४००७७०४७
 

प्रतिक्रिया