तालिबानले गिरफ्तार गर्यो देशको चर्चित मोडललाई

काबुल। तालिबान सरकारले अफगानिस्तानका चर्चित मोडलसहित उनको तीन साथीलाई गिरफ्तार गरेको छ। उनीहरू माथि इस्लाम र कुरानको अपमान गरेको आरोप थियो। अफगानिस्तानमा अजमल हकिकी फेसन सो, सोसल मिडिया युट्युव तथा मोडलिङ इभेन्ट्सका कारण प्रायः चर्चामा रहन्थे। 

केही दिनअघि एउटा भिडियो भाइरल भएको थियो, जसमा कमेडियन गुलाम साखी अरबी भाषामा कुरानको श्लोक पढिरहेका थिए। गुलाम साखी राम्रोसँग बोल्न सक्दैनन्। उनी आफ्नो यो कमजोरीलाई हसाउनका लागि पनि प्रयोग गर्छन। तर, जतिबेला साखी कुरानको श्लोक पढिरहेका थिए, अजमल हासिरहेका थिए। यही भिडियोका कारण उनलाई गिरफ्तार गरिएको बताइएको छ। 

तालिबानको खुफिया विभागले अजमल र उनको साथीको भिडियो सेयर गर्दै भनेको छ, ‘कसैलाई कुरान वा पैगम्बर मोहम्मदले भनेको कुराको अपमान गर्ने छुट छैन।’
 

प्रतिक्रिया