चीनमा निर्माण भयो, पहिलो ‘रोबट कार’

बेइजिङ। चीनले पहिलो पल्ट ‘रोबट कार’ निर्माणको दावी गरेको छ। चिनियाँ कम्पनी जीडुले कार निर्माण गरेको हो। यसको नाम ‘रोबो–०१’ राखिएको छ। 

कम्पनीले यो अत्याधुनिक भएको र इलेक्ट्रिकल भेहिकल भएको जानकारी पनि दिएको छ। जीडु कम्पनीका अनुसार कारले मानवसँग संवाद गर्छ। कार भित्र अत्याधुनिक सफ्टवेयरको प्रयोग भएको छ, त्यसैले स्वचालित छ। 

रोबोमेट कम्पनीले यो कारलाई ‘कन्सेप्ट कार’ को संज्ञा दिएको छ। कारले मानवसँग संवाद गर्ने कारण यसलाई गाडीको रूपमा मात्र नसम्झेर मित्र जस्तो लाग्ने बताएको छ। 

‘रोबो–०१’ कारले आफै ड्राइभ गर्छ र गाडीमा बसेका मानिससँग कुराकानी गरिरहेको हुन्छ। कम्पनीले कारको डिजाइनमा तीन वटा कुरालाई विशेष ध्यानमा राखेको बताएको छ, जुन  रोबोटाइजेशन, फ्युचरिज्म र ऐपसँग सम्बन्धित छन्। यसले विश्वलाई राम्रोसँग बुझेको कम्पनीले दावी गरेको छ। हाल कारको मूल्य दुई लाख युआन राखिएको छ। 

कार वातावरण मैत्री भएको हुनाले सुरक्षित पनि रहेको कम्पनीको दावी छ। साथै कारलाई आवाजबाट ९९ प्रतिशत नियन्त्रण गर्न सकिन्छ। 
 

प्रतिक्रिया