आफ्नो देशमा मङ्कीपक्सका सङ्क्रमित नभेटिएका भारतको दाबी

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मङ्कीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । सरकारले मङ्कीपक्सको सङ्क्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।


 

प्रतिक्रिया