यूएनको चेतावनी, सडक दुर्घटनामा हरेक २४ सेकेन्डमा १ जनाको मृत्यु

 


काठमाडौं । विश्वमा सडक दुर्घटनाबाट हरेक २४ सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको कहालीलाग्दो तथ्यांक प्रकाशमा आएको छ । 


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक अघि सार्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । 


‘दुर्घटनाबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गर्छु’, उनले भनेका छन्, ‘दुर्घटनाबाट बाच्न हरेक देशले सतर्कताका विशेष कार्यक्रम ल्याउनुपर्छ ।’ 


सडक दुर्घटनाबाट हुने मृत्यु र गम्भीर प्रकृतिको घाइते हुनबाट बच्न जोखिमपूर्ण अवस्थाका बाटोहरुको सुधार गर्नुपर्ने उनले बताए । विशेषगरी सवारी साधनमा यात्रा गर्ने मात्र नभइ बाटोमा हिंडनेहरुले समेत चनाखो हुनुपर्ने उनको कथन थियो । 

 

 

प्रतिक्रिया