युपीमा महिला कर्मचारीलाई साँझदेखि जबरदस्ती काम लगाउन नपाउने

लखनउ। भारतको सबैभन्दा ठूलो उत्तर प्रदेश (युपी) मा महिलाहरूलाई साँझ ७ बजेउता काम लगाउन राज्य सरकारले प्रतिबन्ध लगाएको छ। यो नियम सरकारी तथा प्राइभेट कम्पनीमा लागु हुनेछ। 

योगी सरकारले साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कुनै कम्पनीले महिला कर्मचारीलाई काम लगाउँदा लिखिन अनुमति लिन अनिवार्य गरिएको छ। अर्थात अब युपीमा कुनै महिलालाई उनीहरूको अनुमति बिना रात्री समयमा काम लगाउन नपाउने भएको छ। महिला कर्मचारीले राती काम गर्न अस्विकार गरेको खण्डमा उनीहरूलाई कामबाट निकाल्न नपाउने नियम लागु गरिएको छ। 
मुख्य सचिव श्रम सुरेश चन्द्राले भने, ‘लिखित सहमतिपछि मात्र महिला कर्मचारीलाई राती ७ बजेदेखि बिहान ६ बजेसम्म काम गराउन पाउने छन्। यसका लागि कम्पनीले महिला कर्मचारीलाई अफिसदेखि घरसम्म र घरदेखि अफिससम्म गाडीको सुविधा उपलब्ध गराउनु पर्नेछ। कुनै कम्पनीले नियम उल्लंघन गर्छ भने त्यस्ता कम्पनीलाई जरिवानादेखि जेलसम्म हाल्ने प्रावधान बनाइएको छ।’

रातीको समयमा काम गर्ने महिला कर्मचारीलाई खाना पनि उपलब्ध गराउनु पर्नेछ। यस्तै, शौचालयको अनिवार्य व्यवस्था, बाथरुम, चेन्जिङ रुम र पिउने पानी पनि उपलब्ध गराउनु पर्नेछ। कार्यस्थलमा महिला उत्पीडन रोक्न एउटा कमिटी पनि गठन गर्ने बताइएको छ। 
 

प्रतिक्रिया