एमनेष्टीको रिपोर्टः विश्वमा फाँसीको सजायमा २० प्रतिशतले बृद्धि

काठमाडौं। विगत दुई वर्षमा फाँसीको सजायमा २० प्रतिशतले बृद्धि भएको एमनेष्टी इन्टरनेशनलको रिपोर्टमा सार्वजनिक भएको छ। 

एमनेस्टीको हालै सार्वजनिक ६६ पेजको रिपोर्टमा मानवअधिकार सम्बन्धी यस्ता थुप्रै दस्तावेज सार्वजनिक भएका छन्। जसमा मृत्युको सजायमा पनि ३९ प्रतिशतले बृद्धि भएको बताइएको छ। 

सन् २०२० मा विश्वभरी १४ सय ७७ जनालाई दिइएको मृत्युको सजायमा ४ सय ८३ अपराधीलाई फाँसी भएको थियो। सन् २०२१ मा यो संख्यामा बृद्धि हुँदै २ हजार ५२ जनालाई मृत्यृुको सजाय भएकोमा ५ सय ७९ जनालाई फाँसीमा झुण्ड्याइएको थियो। 

एमनेष्टीको रिपोर्टमा मृत्युको सजाय दिने देशको सूचिमा इरान अगाडि छ। २०२० मा उसले २ सय ४६ जनालाई मृत्युको सजाय दिएको थियो। २०२१ मा यो संख्या बढेर ३ सय १४ पुगेको थियो।

एमनेष्टीले तयार पारेको रिपोर्टमा चीन, उत्तर कोरिया र भियतनामको तथ्याङ्क समावेश छैन। किनभने यी देशले फाँसी र मृत्युको सजाय दिएको तथ्याङ्क उपलब्ध गराउने गरेको छैन।  
 

प्रतिक्रिया