अफगानिस्तानमा अर्को बिस्फोटको घटना, १४ जनाको निधन

काबुल। अफगानिस्तानको राजधानी काबुलमा बुधबार राती चार ठाउँमा बम बिस्फोट भएको छ। बम बिस्फोटको घटना एउटा मस्जिद तथा उत्तरी शहर मजार–ए–शरीफस्थित यात्रु भ्यानमा भएको थियो। 

मस्जिदमा भएको बिस्फोटमा ५ जनाको निधन भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ। इो घटनामा थप २ जना गम्भीर रूपले घाइते छन्। तर, काबुलो आपतकालीन अस्पतालले ट्वीट गर्दै बिस्फोटमा ५ जनाको निधन भएको र एक दर्जन व्यक्ति घाइते अवस्थामा रहेको बताएको छ। 

यस्तै, उत्तरी बल्ख प्रान्तमा यात्रु भ्यानमा भएको तीन वटा बिस्फोटको घटना शिया समुदायलाई लक्षित गरेर राखिएको थियो। यो घटनामा ९ जनाको निधन भएको र १५ घाइते भएको बताइएको छ। 

अफगानिस्तानमा पछिल्लो ३५ दिनमा ५ ठूलो बिस्फोटको घटना भइसकेका छन्। यसमा ४८ जनाको निधन भइसकेको छ। पछिल्लो बिस्फोटको घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। उसको निशानामा अहिले अफगानिस्तानमा अल्पसंख्यक रहेका शिया समुदाय छन्।  


 

प्रतिक्रिया