राप्रपाका ९ कार्यकर्ता कार्यवाहीमा, पार्टी हितविपरित काम गरेको आरोप 

बझाङ। पार्टीलाई असहयोग गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ कार्यकर्तालाई कार्यवाही गरेको छ। पार्टीका जिल्ला अध्यक्ष धिरजविक्रम सिंहले स्थानीय निकायको चुनावमा पार्टीलाई घात गर्ने ९ कार्यकर्तालाई ५ वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कार्यवाही गरेको बताए। 

पार्टीले सार्वजनिक गरेको विज्ञप्तीमा पार्टीका पूर्व सहअध्यक्ष विश्वप्रकाश जेठारा, पूर्व सल्लाहकार लालबहादुर खड्का, पूर्व सचिव जनकबहादुर ओली, पूर्व कोषाध्यक्ष सुरत बहादुर च्वाँन, पूर्व सदस्य जगतबहादुर सिंह (जरोबर), पूर्व उपाध्यक्ष जुनादेवी सिंह, मनादेवी सिंह, महिला उपाध्यक्ष जानकीदेवी खाती र सदस्य कर्णबहादुर रोकायालाई कार्यवाही गरेको जानकारी केन्द्रलाई गराइसकेको बताइएको छ। 
 

प्रतिक्रिया