क्लबलाई व्हीलचेयर सहयोग

काठमाडौं । द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, एबिलिटी डेभ्लोप्मेन्ट सोसाइटी अफ नेपाल र ब्रिटिस दूतावासका आयन एट्फिल्डले जावलाखेल व्हीलचेयर खेलकुद क्लबलाई सहयोग स्वरुप व्हीलचेयर प्रदान गरेका छन् । करिब ७ लाख मुल्य बराबरको ७ थान व्हीलचेयर प्रदान गरिएको क्लबका अध्यक्ष भरत बिसीले जनाएका छन् ।

त्यसमा एट्फिल्डको सहयोग व्यक्तिगत हो । ललितपुर महानगरपालिकाअन्तर्गत महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावललगायतले जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।
 

प्रतिक्रिया