थप १५ जनामा कोभिड संक्रमण, १७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४५३ वटा नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१५ रहेको मन्त्रालयले जनाएको छ ।
 

प्रतिक्रिया